+
+

उचित रेखदेख नपाउँदा बच्चामा उत्पन्न हुने मनोभावको सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १२:५६

काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । फिल्मलाई सञ्चारकर्मीसमेत रहेका रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । २३ मिनेट ३८ सेकेन्ड लामो फिल्म राम्रो इन्टरटेनेमेन्ट युट्युब च्यानलमा रिलिज गरिएको हो ।

फिल्मले व्यस्त जीवनशैली अपनाउने परिवारभित्र हुर्किरहेको एउटा सानो बच्चाले रेखदेख नपाउँदा उसको मनभित्र उत्पन्न हुने मनोभावलाई प्रस्तुत गर्छ ।

सर्ट फिल्ममा आमिर गौतम, सुरविना कार्की, द्रोस्टी शाह, सफु बुढाथोकी, नारायण कँडेल, प्रञ्जल पौडेल, सृष्टि भुसाललगायत कलाकारको अभिनय छ । एक हप्ताभन्दा बढी समय लगाएर काठमाडौं उपत्यका आसपासमा खिचिएको यो सर्ट फिल्म केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउँदा नेपालमा प्रदर्शन हुन ढिला भएको निर्देशक ज्ञवालीले बताए ।

राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘आराध्या’का निर्माता सञ्जीकुमार शाह हुन् । फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका छन् भने संकल्प भुजेलले छायांकन गरेका हुन् ।

ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभरलगायत एक दर्जन सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?