+
+

संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीसँग मागे श्रोत, साधन र कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १६:४३

४ फागुन, काठमाडौं । सात वटा संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् ।

बिहीवार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई भेटेका थिए ।

भेटमा आयोगका अध्यक्षहरुले आ–आफ्नो आयोगमा भएका समस्याहरु प्रधानमन्त्री समक्ष राखेको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए ।

उनले भने, ‘समुदायको उत्थान र विकासको जुन उद्देश्यले आयोगहरु गठन गरिएको छ त्यसको लागि पर्याप्त स्रोत, साधन, कर्मचारीको दरबन्दीदेखि लिएर हरेक कुराको व्यवस्थापन हुनुपर्ने तर त्यो एकदमै न्युन भएको कारणले हामीले आ–आफ्ना आयोगका समस्याहरु प्रधानमन्त्री समक्ष राख्यौं ।’

आयोगका अध्यक्षहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरुलाई बलियो बनाउनका लागि सरकारले प्रयास गर्ने प्रतिवद्धता जनाएका मुस्लिम आयोगका अध्यक्ष अन्सारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?