+
+

यी हुन् नागरिकको सबैभन्दा धेरै औसत आयु भएका विश्वका ३० देश

एजेन्सी एजेन्सी
२०८१ वैशाख २५ गते १३:१४

आधुनिक चिकित्सा तथा विज्ञानप्रविधिका कारण विश्वभरि नै आम मानिसहरुको जीवन यापनमा नाटकीय रुपमा सुधार भएको छ । जसका कारण मानिसहरुको औसत आयुमा पनि बढोत्तरी भएको छ ।

अहिले विश्वका धेरै देशमा उमेरले सय वर्ष नाघेका मानिसहरुको संख्या बढिरहेको छ । यस्तो संख्या हरेक वर्ष बढिरहने अपेक्षा छ ।

विश्वमा नागरिकहरुको औसत आयु सबैभन्दा धेरै भएका शीर्ष ३० देशहरु यस्ता छन् :

१. मोनाको : विश्वमा नागरिकहरुको सबैभन्दा धेरै औसत आयु भएको देश मोनाको हो । उत्कृष्ट स्वास्थ्य सेवा, जीवनशैली, खेलकुद, स्वस्थ भूमध्यसागरीय खानेकुरा तथा सहयोगी सामाजिक वातावरणले नै त्यहाँका मानिसहरु धेरै उमेरसम्म बाँच्ने गरेका छन् । त्यहाँका मानिसहरुको औसत आयु ८७.०१ वर्ष छ । महिलाको औसत आयु ९३.५ वर्ष रहँदा पुरुषको ८५.६ वर्ष छ।

२. हङकङ : सबैभन्दा धेरै औसत आयु भएको देशको सूचीको दोस्रो स्थानमा हङकङ छ । त्यहाँको सबल स्वास्थ्य सेवा प्रणाली, स्वास्थ्यप्रति सचेत समाज र सामुदायिक स्वास्थ्यमा निरन्तर भैरहेको सुधारका कारण मानिसहरुको औसत आयु बढिरहेको छ । हङकङमा मानिसहरुको औसत आयु ८५.८३ वर्ष छ ।

३. मकाउ : मानिसहरुको औसत आयुको हिसाबले मकाउ विश्वमै तेस्रो स्थानमा छ । स्वास्थ्य र राम्रो जीवन यापनमा सरकारले दिएको ध्यानकै कारण आम मानिसहरु दीर्घायूमा वृद्धि भएको छ । मकाउमा पनि मानिसहरुको औसत आयु ८५.५१ वर्ष छ ।

४. जापान : नागरिकहरुको औसत आयु धेरै भएको मुलुकमा जापान चौथो स्थानमा पर्दछ । असाधारण स्वास्थ्य सेवा प्रणाली, सन्तुलित तथा पोषिलो खानेकुरा, बुढापाकाहरुको सामाजिक सम्मान जस्ता कुराहरुले गर्दा त्यहाँ मानिसहरुको औसत आयु बढिरहेको छ । दीर्घायू र स्वास्थ्यको क्षेत्रमा जापान विश्वमै अग्रणी मुलुक बनिरहेको छ । जापानीहरुको औसत आयु ८४.९५ वर्ष छ ।

५. लिच्टेन्स्टाइन : भूपरिवेष्ठित युरोपेली मुलुक लिच्टेन्स्टाइन देशको उत्कृष्ट स्वास्थ्य सेवाका कारण नागरिकहरुको स्वास्थ्य तथा दीर्घायूमा अभिवृद्धि गर्न सफल छ । त्यहाँका मानिसहरुको स्वास्थ्य जीवनशैली तथा उच्च गुणस्तरीय जीवनयापनमा सरकारको लगानी प्रसंशायोग्य छ । त्यहाँका नागरिकहरुको औसत आयु ८४.७७ वर्ष छ ।

६. स्विजरल्याण्ड : विश्वमै सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा भएका मुलुकहरुमा पर्ने स्विट्जरल्याण्ड आफ्नो सबल अर्थतन्त्रका कारण पनि नागरिकको समृद्धि, खुसी र सुस्वास्थ्यमा लगानी गर्न सक्षम छ । जसका कारण स्वीसहरुको औसत आयु उच्च छ । स्वीसहरुको औसत आयु ८४.३८ वर्ष छ ।

७. सिंगापुर : असाधारण स्वास्थ्य सेवा प्रणाली, बलियो अर्थतन्त्र तथा स्वच्छ वातावरण जस्ता निकै अनुकूल र सुखद पक्षहरुले सिंगापुरका जनताको औसत आयुमा वृद्धि गर्न भूमिका खेलेको छ । सिंगापुरमा नागरिकहरुको औसत आयु ८४.२७ वर्ष छ।

८. इटाली : इटालीको अत्याधुनिक स्वास्थ्य सेवा प्रणालीका कारण त्यहाँका मानिसहरुको औसत आयु उच्च छ । स्वस्थ जीवनशैली, सन्तुलित तथा स्वस्थ भूमध्यसागरीय खानपान र बलियो सामाजिक सम्बन्धले मानिसहरुको दीर्घायूमा सहयोग गरिरहेको छ । इटालियनहरुको औसत आयु ८४.२ वर्ष छ।

९.भ्याटिकन सिटी : विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटीमा बलियो तथा अन्तरआबद्ध सामाजिक जीवन, सक्रिय जीवनशैली, अद्वितीय वातावरण र जनताको स्वास्थ्यमा सरकारी लगानीका कारण त्यहाँका बासिन्दाहरुको औसत आयु विश्वकै शीर्ष १० भित्र परेको छ । त्यहाँका मानिसहरुको औसत आयु ८४.१६ वर्ष छ।

१०. दक्षिण कोरिया : दक्षिण कोरियाले पनि आफ्नो स्वास्थ्य सेवामा गरिरहेको प्रगतिसँगै नागरिकहरुको औसत आयुमा बढिरहेको छ । दक्षिण कोरियालीहरुको औसत आयु ८४.१४ वर्ष छ ।

औसत आयु धेरै भएका अन्य मुलुकहरु

११. स्पेन
१२. माल्टा
१३.अष्ट्रेलिया
१४. एन्डोरा
१५.फ्रेन्च पोलिनेसिया
१६. स्विडेन
१७. सान मारिनो
१८.नर्वे
१९. मार्टिनिक
२०. इजरायल
२१. फ्रान्स
२२. गुआडेलुप
२३. न्युजिल्याण्ड
२४. क्यानडा
२५. जिब्राल्टर
२६. आइसल्याण्ड
२७. गुर्नसे
२८. आयरल्याण्ड
२९. रियुनियन
३०. लक्जेम्बर्ग

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?