+
+

लगनखेलमा पुर्‍याइयो रातो मत्स्येन्द्रनाथको रथ (तस्वीरहरू )

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ जेठ ८ गते २०:१२

८ जेठ, काठमाडौं। नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मत्स्येन्द्रनाथको रथलाई सय मिटर तानेर आज लगनखेलमा पुर्‍याइएको छ ।

रातो मत्स्येन्द्रनाथको रथलाई बालकुमारी टोल चक्रबहिलनेरबाट लगनखेल पुर्‍याइए पछि राति रथअगाडि राँगा, बोका, जिउँदो माछा र हाँसको फुल बलि चढाएर महाबलि पूजा गरिन्छ । साथै रथलाई दुई पटक घुमाइएको छ ।

३२ पानेजूद्वारा पञ्चरक्षाको पाठ पनि गरिएको छ । भोलिपल्ट तानेर नरिवल खसाल्ने ठाउँ थती टोलतर्फ चलाउनु अघि रथलाई लगनखेलस्थित खरिबोटको दुईपटक परिक्रमा गराइन्छ ।

रथ थती टोलस्थित नरिवल खसाल्ने ठाउँ पुगेको भोलिपल्ट धान्यपूर्णिमामा पकाइने योमरी र ल्होंचामरीले रातो मत्स्येन्द्रनाथको अभिषेक गरेपछि पूजाअर्चना गरी रथको टुप्पोबाट नरिवल खसालिन्छ ।

हेर्नुहोस् तस्वीरहरू : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?