+
+

चितवन राष्ट्रिय निकुञ्ज सरसफाइ, तीन ट्याक्टर फोहर संकलन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १३:१७

२५ वैशाख, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको सरसफाइ गरिएको छ ।

बाराही हस्पिटालिटी अन्तर्गत चितवनको सौराहामा सञ्चालित बाराही जंगल लजले राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्लास्टिक, सिसाका बोतलसहित करिब ३ ट्याक्टर फोहोर संकलन गरिएको जनाएको छ ।

लजदेखि ३ किमी तलसम्म गोलाघाटसम्म नदी आसपास क्षेत्रको फोहोर संकलन गरेको लजका फुड एन्ड बेभरेज म्यानेजर तेज थनेतले जानकारी दिए ।

उनले राष्ट्रिय निकुञ्जको सरसफाइमा सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए । स्थानीय निकायले पनि सफा राख्न भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।

लजले यस खालको सरसफाइ हरेक वर्ष गर्दै आइरहेको थनेतले बताए । रिसोर्टले वातावरण संरक्षण गर्न र दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।

रिसोर्टले वातावरण संरक्षणमा जोड दिएकै कारण ‘टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लजको समेत मान्यता पाएको छ ।

यो लज २०१५ देखि आउट स्ट्याण्डिङ प्राक्टिस विधा अन्तर्गत पुरस्कृत समेत भइरहेको छ । चितवन मेघौलीस्थित राप्ती नदी किनारमा लज जंगल थीममा बनाइएको छ ।

१२ हेक्टर भूभागमा विस्तारित लज परिसरबाट राप्ती नदीको जलचर गतिविधि हेर्न सकिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा, बाघ, भालु, गोही लगायत विभिन्न प्रजातिका जरायो र पन्छी रमाएको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?