+
+

कैलालीमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, पूर्वपश्चिम राजमार्ग बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १२:२१

११ फागुन, धनगढी । कैलालीमा माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक विरेन्द्र जोहारीले माइक्रोको ठक्करबाट गौरीगंगा नगरपालिका–६बस्ने ६० वर्षीया गेरुवा चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

चौधरीलाई ठक्कर दिने नेपालगञ्जबाट अत्तरियातर्फ आउँदै गरेको उक्त माइक्रो बस र चालक बाँकेको कोहलपुरका २९ वर्षीय नविन सिंहलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जोहारीले बताए ।

घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गमा अवरोध सिर्जना भएपछि विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन बल्मीमा रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?