+
+

सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिकेजी ३३.५१ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १६:२२

१२ फागुन, काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९÷८०का लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको हो ।

यो वर्षका लागि सरकारले प्रति क्विन्टिल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको छ । यसअनुसार गहुँको प्रतिकेजी मूल्य न्युनतम् ३३.५१ रुपैयाँ हुनेछ ।

समर्थन मूल्य तोकेपछि व्यापारीले यस्तो मूल्यमा किन्न अस्वीकार गरेमा सरकार आफैंले समर्थन मूल्यमा किन्न सक्छ ।

तर, समर्थन मूल्य तोक्न नै ढिलाइ गर्ने र तोकिएको समर्थन मूल्य नपाउँदा पनि सरकार मातहतको खाद्य कम्पनीले समयमै खरिद प्रक्रिया नै अघि नबढाउने समस्याले किसान पीडित हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?