+
+

रास्वपाको बैठक जारी, राष्ट्रपति निर्वाचनबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १२:०७

१५ फागुन, काठमाडौं । आसन्न राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारा जारी छ ।

राष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा रास्वपाले आज निर्णय लिने सो पार्टीका नेताहरुले बताएका छन् । रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले राष्ट्रपतिको निर्वाचनमा के गर्ने भनेर निर्णय गर्ने बताए । राष्ट्रपतिका उम्मेदवार पौडेलले शनिबार रास्वपा सभापति रवि लामिछानेलाई भेटेर मत मागेका थिए ।

साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्नेबारे पनि बैठकले निर्णय गर्ने बताइएको छ ।

सभापति लामिछानेको नागरिकता विवादपछि उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्री पदबाट मुक्त भएका थिए । त्यसलगत्तै रास्वपा सरकारबाट फिर्ता भएको थियो । तर सरकारलाई दिएको समर्थन अहिलेसम्म कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?