+
+

देवीनगर–रंगशाला सडक बनाउन माग गर्दै वडा कार्यालयमा ताला

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १४:१३

१६ फागुन, बुटवल । बुटवलको देवीनगर चोकदेखि रंगशाला जाने सडक निर्माण छिटो पूरा गर्न माग गर्दै स्थानीयले बुटवल उपमहानगरपालिक–११ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

२०७४ सालमा काम सुरु भएको उक्त सडक निर्माणको काम अदालतमा मुद्दा परेपछि रोकिएको थियो । पछि २०७८ साउन २९ मा पुनः ठेक्का भएपनि कामै नभएको भन्दै दबाव दिन स्थानीयले तालाबन्दी गरेका हुन् ।

वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नुपरेपछि दबाव दिन तालाबन्दी गरेका बताए ।

उक्त सडक ६ करोड ४९ लाख २४ हजार रुपैयाँमा २०७९ साउन मसान्तमा पूरा गर्ने गरी रायमाझी निम कन्स्ट्रक्सन जेभी तिलोत्तमाले ठेक्का पाएको थियो । तर ठेकेदारले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि भएको भन्दै काम रोकेको थियो ।

करिब साढे ३ किलोमिटर लामो सडक भत्काएर अलपत्र पार्दा धुलो र पानी पर्दा हिलोका कारण सो खण्डमा बस्ने झण्डै २० हजार वडाबासीले दुई वर्षदेखि सास्ती खेपेका स्थानीय तेजु रानाले बताए । साढे ३ किलोमिटरमध्ये साढे १ किलोमिटरमा नाली निर्माण भएको छ ।

‘सडकमा खाल्डा पर्दा पानी जमेर गाडी चलाउन मिल्ने अवस्था छैन, धुलो र हिलोले दुर्घटनाको जोखिम छ’, रानाले भने, ‘सडकका खाल्डामा फोहोर पानी जम्मा भएर वस्ती नै दुर्घन्धित र प्रदुषित भएको छ, व्यवसायीहरु पलायन भएका छन् ।’

डिभिजन कार्यालय बुटवलका प्रमुख होमबहादुर एसीले संघीय सरकारले उक्त सडक निर्माण आयोजनालाई प्रदेश सरकारलाई हस्तान्तरण गरेकाले आफूहरुले काम अघि बढाउन नसकेको बताए ।

संघीय सरकारको चालु आर्थिक वर्षको वजेट वक्तव्यमा उक्त आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । अब संघीय सरकारले शीर्षक प्रदेशमा गएपनि बजेटको दायित्व सडक विभागलाई दिए मात्र काम अघि बढ्ने अन्यथा ठेक्का तोड्नुपर्ने एसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?