+
+

सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते ११:११

१७ फागुन, काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

१६ फागुन मंगलबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साविकको वोमी लघुवित्त र सूर्योदय लघुवित्तबीच मर्जर भई २९ चैत २०७८ बाट एकीकृत कारोबार सुरु भएको थियो ।

मर्जर भई एकिकृत कारोबार सुरु गरेको मितिले दुई वर्षसम्म मर्जर हुँदा कायम सेयरधनीलाई लाभांशमा लाग्ने कर छुट हुने व्यवस्था रहेकोले कर प्रयोजनका लागि लाभांश प्रस्ताव नभएको लघुवित्तले जनाएको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?