+
+

भ्यानबाट खसेर प्रहरी जवान घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १३:३५

१७ फागुन, पोखरा । गण्डकी प्रदेश सभामा प्रहरीको भ्यानबाट खसेर एक जना घाइते भएका छन् ।

प्रदेश सभा प्राङ्गण प्रवेशका क्रममा भ्यानले ल्याइरहेको फलामको पाइप बिजुलीको तारमा अल्झिँदा प्रहरी जवान पटक बुढा भुइँमा बजारिन पुगेका हुन् ।

प्रदेश सभामा आज प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सम्बोधन गर्ने कार्यक्रमको व्यवस्थापन गर्न थप प्रहरी जाँदै थिए ।

प्रदेश प्रमुखको सलामीका लागि झन्डा राख्न भ्यानमा लगिएको फलामको पोल बिजुलीकको तारमा अल्झिँदा पोलले हुत्याएर बुढा भुइँमा बजारिन पुगेका प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रदेश प्रहरी गणका सलामी टोली सदस्य बुढाको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ । प्रदेश सभा भवन प्राङ्गणको गेटमा बिजुलीलगायतका तार लत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?