+
+

ए डिभिजन लिगमा मनाङको पहिलो जित, संकटा पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १९:५२

२४ फागुन, काठमाडौं । उज्वेकिस्तानी खेलाडी सायिदजमोल दाभलातजोनोभले गरेको एक मात्र गोल मद्दतमा मनाङ मर्स्यादी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

लिगमा पहिलो खेल जित्ने क्रममा मनाङले बुधबार दशरथ रंगशालामा संकटा क्लबलाई १-० ले पराजित गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा दाभ्लातजोनोभको गोल नै मनाङलाई ३ अंक दिलाउन निर्णायक बन्यो । उनले खेलको ५१ औं मिनेटमा गोल गरे ।

संकटाले त्यसपछि पनि खेलमा बराबरी गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

पहिलो खेलमा अग्रता लिएर पनि हिमालयन शेर्पासँग बराबरि खेल्दै अंक बाँडेको मनाङले यो जितपछि दुई खेलबाट ४ अंक जोडेको छ ।

संकटाले भने दुई खेल खेल्दा अझै गोल गर्न सकेको छैन भने १ अंक मात्र जोडेको छ । संकटा पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरिमा रोकिएको थियो ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?