+
+

‘भ्वाइस किड्स’मा अश्मी र रिजनको दमदार प्रस्तुतिमा चारै जना कोचले घुमाए कुर्सी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १५:०५

काठमाडौं । बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को सिजन २ शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार र शनिबार सुरुवाती एपिसोड प्रसारण भए । केही एपिसोडसम्म ब्लाइन्ड एपिसोड सञ्चालन हुनेछन् र केही प्रस्तुतिले पक्कै पनि दर्शकको मन जितेको हुनुपर्छ ।

यी दुई एपिसोडमा १२ जना बाल ट्यालेन्टले कोचको सामना गरे । जसमध्ये पहिलो एपिसोडमा अन्तिम प्रस्तुति दिएका सुनसरीका १२ वर्षीय रिजन डाँगी र दोस्रो एपिसोडमा अन्तिम प्रस्तुति दिएकी दार्जिलिङकी १२ वर्षीया अश्मी खवासको चर्चा यतिबेला जतासुकै भइरहेको छ । सामाजिक सञ्जालमा यी दुईको प्रस्तुतिलाई लिएर प्रशंसा भइरहेको छ ।

यी दुवैको दमदार प्रस्तुतिले चारै जना कोचको मन जित्यो । यी दुईको प्रस्तुतिमा चारै जना कोचले कुर्सी घुमाए । यी दुवैले दर्शकबाट ‘वान्स मोर’को हुटिङ समेत पाएका थिए । रिजनले ‘भाग्यमा खोट छ’ गीत गाए । उनले अर्को गीत पनि गाइदिए जुन थियो ‘म बाँचेकै तिमीसँग माया लाउन हो’ थियो । रिजनले कोचको रुपमा प्रमोदलाई छाने ।

शनिबारको शो पनि दमदार रह्यो । दार्जिलिङकी अश्मीले दीक्षिता कार्कीको चर्चित गीत ‘तिमी र म’ गाएर चारैजना दर्शकको मन जितिन् । सुमधुर गायकीले उनले जज र दर्शकको मन जितिन् । उनले कोचको रुपमा सुशान्त केसीलाई रोजिन् । अहिले सामाजिक सञ्जालमा यी दुईको गायकीलाई भिडियोको रुपमा सेयर भइरहेको छ ।

‘द भ्वाइस किड्स नेपाल’को दोस्रो सिजनमा गायकद्वय प्रमोद खरेल र सुशान्त केसी, गायिकाद्वय प्रविशा अधिकारी र मिलन नेवार कोचका रुपमा छन् । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेबाट यो शो प्रसारण हुन्छ ।

पहिलो एपिसोड : 

दोस्रो एपिसोड :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?