+
+

एमाले भोजपुर अध्यक्षमा खड्का निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते ११:५३

२३ वैशाख, विराटनगर । नेकपा एमाले भोजपुरको अध्यक्षमा मक्कर खड्का निर्वाचित भएका छन् ।

पदाधिकारीमा खड्काको प्यानलै विजयी भएको छ । निवर्तमान अध्यक्ष शरणकुमार राईको प्यानललाई हराउँदै खड्काको प्यानल निर्वाचित बनेको हो ।

खड्काले ३१७ भोट ल्याउँदा प्रतिस्पर्धी शरण राईले २२३ मत पाएका छन् । शेरधन राई मुख्यमन्त्री हुँदा खड्का उनको स्वकीय सचिव बनेका थिए ।

उपाध्यक्षमा किरण राई ३११ मत ल्याएर विजयी भएका छन् । सचिवमा ३४७ भोट ल्याएर एक्सन राई विजयी भए । एक्सन पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्ष समेत हुन् ।

उपसचिवमा ३०४ भोट ल्याएर दौलथ कुलुङ राई विजयी भएका छन् । महिला उपसचिवमा रमादेवी राई २९३ भोट ल्याएर विजयी भइन् । नेतृत्व चयनका लागि ६०८ जना प्रतिनिधिमध्ये ५७३ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?