+
+

‘फर्की फर्की’ मध्यपूर्वका तीन मुलुकमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १२:५४

काठमाडौं । अनमोल केसी स्टारर ‘फर्की फर्की’ बिहीबारदेखि मध्यपूर्वका मुलुकमा पनि रिलिज भएको छ । यो फिल्म यूएई, कतार र बहराइनमा प्रदर्शनमा आएको हो ।

मध्यपूर्व वितरण कम्पनी निप फिल्मले यो फिल्मलाई यूएई, कतार र बहराइनका सबै सहरस्थित हलमा रिलिज गरेको हो । ‘बिहानी शोहरु उत्साहजनक अकुपेन्सीसहित प्रदर्शनमा आएका छन्,’ वितरक रमेश ढकालले भने ।

मध्यपूर्वका ठूला चेनहरु भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म प्रदर्शन हुने वितरक ढकालले जनाए ।

मध्यपूर्वी मुलुकमा नियमितरुपमा नेपाली फिल्म रिलिज हुँदै आएको छ । फेन्टासी जनराको ‘फर्की फर्की’मा अनमोल र जसिता गुरुङको शीर्ष भूमिका छ । यो फिल्मलाई सुयोग गुरुङले निर्देशन र रोहित अधिकारीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?