+
+

हिट-स्ट्रोक भएपछि अस्पतालमा उपचार गराउँदै शाहरुख

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १२:३१
फाइल तस्वीर

काठमाडौं । आईपीएल क्रिकेटको क्रममा हिट-स्ट्रोक भएपछि बलिउड अभिनेता शाहरुख खानलाई अहमदावादको एक अस्पतालमा भर्ना गरिएको छ । अहिले पनि उनी सोही अस्पतालमा उपचार गराइरहेका छन् ।

गर्मीको कारण शरीरमा तरल पदार्थको कमी भएपछि उनलाई बुधबार बेलुका अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिजो नै शाहरुख अस्पतालबाट डिस्चार्ज भएको चर्चा चलेको थियो । तर अहिले पनि उनी अस्पतालमै उपचाररत छन् । सम्भवतः उनी शुक्रबार बिहानसम्म डिस्चार्ज हुनसक्ने जनाइएको छ ।

यद्यपि, उक्त निजी अस्पतालले शाहरुखको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन । शाहरुखलाई बुधबार मल्टिस्पेसालिटी केडी अस्पतालमा भर्ना गरिएको थियो । उनी मंगलबार नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्स (केकेआर) टोलीको खेलमा सहभागी हुन अहमदाबाद पुगेका थिए ।

उनलाई अहिले चिकित्सकको निगरानीमा राखिएको छ । अहिले किङ खानकी छोरी सुहाना र श्रीमती गौरी अस्पतालमा छन् ।

पछिल्लो चार दिनदेखि अहमदाबाद, गान्धीनगर र आसपासका क्षेत्रमा अधिकतम तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियसको बीचमा रेकर्ड भइरहेको छ । जसकारण मौसम विभागले अहमदाबादमा थप दुई दिनका लागि रेड अलर्ट जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?