+
+

युरोपेली राष्ट्रले दिए प्यालेस्टाइन राज्यलाई मान्यता, अमेरिकाको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १०:२९

१० जेठ, काठमाडौं । युरोपेली राष्ट्रहरुले प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन् ।

नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने निर्णय गरेका हुन् ।

उनीहरुको निर्णय आगामी सातादेखि लागू हुनेछ । तर, अमेरिकाले भने यो निर्णयप्रति आपत्ति जनाउँदै फिर्ता लिन भनेको छ । युरोपेली देशहरुको निर्णयलाई अमेरिकाले एकपक्षीय मान्यता भनेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानका अनुसार राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनको समस्या प्रत्यक्ष वार्ताबाट मात्रै समाधान गरिनुपर्ने बताएका छन् ।

बुधबार छुट्टाछुट्टै घोषणाहरूमा, नर्वे, आयरल्याण्ड र स्पेनका सरकारहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका थिए ।

प्यालेस्टिनी राष्ट्रपतिद्वारा उक्त कदमलाई स्वागत गरिएको छ । यद्यपि इजरायलले यसको प्रतिक्रियामा तीन राष्ट्रबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ ।

प्यालेस्टाइनीहरूले इजरायलसँगै सन् १९६७ पूर्व सीमाना र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र राज्य स्थापना गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?