+
+
Shares

राष्ट्रसंघको महासभामा प्यालेस्टाइनको अनुपस्थितिप्रति एर्दोगानको आक्रोश

‘हाम्रा प्यालेस्टाइनी दाजुभाइ तथा दिदीबहिनीमाथि भएको यो अन्यायले मानवताको विवेकलाई गहिरो रूपमा चोट पुर्‍याएको छ’, एर्दोगानले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते २१:४२

टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास सहभागी हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकाले अब्बासको भिसा आवेदन अस्वीकार गरेपछि उनी महासभामा सहभागी हुन न्युयोर्क जान सकेका थिएनन् ।

‘हाम्रा प्यालेस्टाइनी दाजुभाइ तथा दिदीबहिनीमाथि भएको यो अन्यायले मानवताको विवेकलाई गहिरो रूपमा चोट पुर्‍याएको छ’, एर्दोगानले भने ।

यस्तै, एर्दोगानले वेस्ट ब्यांकमा इजरायलले बस्ती विस्तार गरिरहेकामा पनि आपत्ति जनाए । उनले त्यहाँ भइरहेको हिंसा र आतंक अहिले सबैभन्दा खराब अवस्थामा पुगेको टिप्पणी गरे ।

उनले जेरुसेलममा मुस्लिम र इसाईहरूलाई पवित्र धार्मिक स्थलमा प्रवेश गर्नसमेत रोकिएको दाबी गरे ।

एर्दोगानले पछिल्ला तीन वर्षमा गाजामा इजरायली सेनाको कारबाहीबाट कम्तीमा ७४ हजार मानिस मारिएको दाबी गरे । टर्कीले यसलाई ‘राज्य आतंक’का रूपमा लिएको उनको भनाइ छ ।

‘गाजाका मानिसहरू अझै भग्नावशेषमुनि आफ्ना प्रियजनहरू खोजिरहेका छन्,’ एर्दोगानले भने, ‘उनीहरूले आफ्ना पति–पत्नी, छोराछोरी वा आमाबुबाका शव निकालिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?