
१ चैत, काठमाडौं । इटालियन क्लब इन्टरमिलान सन् २०११ पछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग गोलरहित बराबरी खेलेपछि समग्रमा १-० को जितसहित इन्टर अन्तिम आठमा प्रवेश गरेको हो । इन्टरका गोलकिपर आन्द्रे ओनानाले केही उत्कृष्ट बचाउ गरेका थिए ।
यसअघि घरेलु मैदानमा भएको पहिलो लेगको खेल इन्टरले १-० ले जितेको थियो ।
इन्टरले पछिल्लो पटक १२ वर्षअघि च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्दा जर्मन क्लब साल्कासँग समग्रमा ७-३ ले पराजित हादै बाहिरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4