+
+

क्रिकेटर कुशल मल्ललाई बुटवलमा सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १२:२८

५ चैत,बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर कुशल मल्ललाई गृहनगर बुटवलमा नगद राशीसहित सम्मान गरिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पु¥याउन योगदान गरेको भन्दै मल्ललाई न्यू होराइजन माविले सम्मान गरेको हो ।

मल्ललाई विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी, राजीव श्रेष्ठ, विद्यालयका क्रिकेट प्रशिक्षक शक्ति गौचनले नगद २१ हजार ५ सय रुपैयाँ नगद सहित सम्मान गरेका हुन् ।
सो अवसरमा प्रशिक्षक गौचनले राष्ट्रिय टोलीमा खेल्ने खेलाडीहरु उत्पादनमा निजी क्षेत्रका शैक्षिक संस्थाको पनि ठूलो योगदान रहेको बताए ।

न्यू होराइजनबाट कुशल सहित राहुल बिक र सुशन भारी सिनियर टिममा तथा जुनियर राष्ट्रिय टिममा सौरभ खनाल, रुपेश बास्तोला, देबेन्द्र सोमरे, प्रकाश केसी, निर्मल थापा, स्विचेन शाह, नुरध्वज सेन र कृष्ण सेन प्रतिनिधित्व गरिसकेका खेलाडी रहेको प्रशिक्षक गौचनले बताए ।

बुटवल उपमहानगरपालिका–११ देवीनगर घर भई कक्षा ३ देखि न्यू होराइजन माविमा पढ्दै आएका मल्ल हाल न्यू होराइजन अन्तर्गतकै क्षितिज इन्टरनेशनल कलेजमा बीबीएस प्रथम वर्षमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छन् ।

नेपाललाई विश्व कप छनोटमा पु¥याउन योगदान गर्ने कुशलसहित राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी र कुशल भुर्तेल लुम्बिनी प्रदेशका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?