+
+

‘अफेयर’को चर्चाबीच करण जोहरलाई भेट्न काठमाडौंबाट सिधै मुम्बई पुगे प्रबल गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १५:१२

काठमाडौं । बिहीबार दिउँसोसम्म प्रबल गुरुङ काठमाडौं घुमघाममा व्यस्त थिए । भक्तपुर दरबार स्क्वायर पुगेर भिडियो पनि खिचे । घरायसी कामको सिलसिलामा काठमाडौंमा केही दिन बिताएका गुरुङले मिडियासँग भेट्न चाहेनन् । सोही दिन बेलुका उनी काठमाडौंबाट भारतको मुम्बई उडे ।

मुम्बई पुगेर उनले बलिउड निर्माता करण जोहर, शाहरुख खानकी छोरी सुहाना र अभिताभ बच्चनकी नातिनी नाभ्या नाभेलीसँग गेट–दुगेदर गरे । इन्स्टाग्रामबाट तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘गएराति मेरा प्रिय मान्छेहरुसँग । यो निकै रोचक रह्यो ।’ उनले क्याप्सनमा हार्ट-इमोजी उल्लेख गरेका छन् ।

प्रबल र करण जोहरबीच धेरै पहिलेदेखि निकट सम्बन्ध छ । उनीहरुबीच अफेयरको चर्चा पनि पटक-पटक चल्ने गर्छ । गत वर्ष अफेयरको चर्चा चलेपछि करणले इन्स्टाग्राममार्फत प्रबल मिल्ने साथी मात्रै भएको भन्दै खण्डन गरेका थिए । तर यसबारे प्रबलले मुख खोलिसकेका छैनन् । तर यी दुई जनाबीचको निकटता दुनियाँलाई थाहा छ ।

प्रत्येक पटक नेपाल आउँदा प्रबल करणलाई भेट्न मुम्बई पुग्छन् । न्युयोर्क पुग्दा करण प्रबललाई भेट्न पुग्छन् । अर्कोतर्फ, करण जोहरको कम्पनी धर्मा प्रोडक्सनको एक महत्वपूर्ण पदमा प्रबलका भाइ प्रवेश गुरुङ कार्यरत छन् । प्रबल मुम्बई हुँदै न्युयोर्क प्रस्थानको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?