+
+

न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १७:५२

२२ चैत,बुटवल । श्रीमतीले जबरजस्ती करणीको उजुरी दिएपछि न्यायाधीश भुवन गिरीमाथि पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

न्यायाधीश गिरीकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा वैवाहिक जबरजस्ती करणीको उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी जारी गर्न माग गरेपछि पक्राउ पुर्जी जारी भएको अदालतका श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिए ।

गिरीको हालै कपिलवस्तु जिल्ला अदालतबाट न्याय परिषदमा सरुवा भएको छ । गिरीकी श्रीमतीविरुद्ध पनि सरकारी कागजात किर्तेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?