+
+

तुरिया नदीबाट अवैध ढुंगागिट्टी उत्खनन् हुने क्रम बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १२:४९

२४ चैत, परासी । चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा ढुंगागिट्टी उत्खनन् हुने क्रम बढ्न थालेको छ ।

हरेक दिन चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा उत्खनन् हुँदासमेत कारबाही हुन नसकेको भन्दै स्थानीहरुले विरोध जनाएका हुन् ।

कारबाही गर्ने जिम्मेवार निकाय स्थानीय तह, वन कार्यालय र प्रहरी प्रशासन एक-अर्कालाई दोष लगाएर पन्छिँदा उत्खनन्‌को क्रम झनै बढ्दै गएको छ ।

तुरिया नदीबाट ढुंगागिट्टी उत्खनन् गर्न गिरोह नै सक्रिय भएको स्थानीयहरु बताउँछन् ।

नदीको आडैमा थुपारेर राखिएको ढुंगागिट्टी, बालुवा,मिसकट रातदिन उत्खनन् गरी अन्यत्र लैजाने गरेको पाइएको हो ।

चुरे क्षेत्रको पानभर र तुरिया खोलाबाट ट्रयाक्टरमा ढुंगागिट्टी,बालुवा,मिसकट निकासी गरेर तुरियास्थित नदीको आडैमा ठूलो परिमाणमा संकलन गरिएको र यसरी उत्खनन हुँदासमेत स्थानीय सरकार मौनरहेको स्थानीयहरुको गुनासो छ ।

प्रहरीले केही व्यक्तिलाई पक्राउ गर्दा नगरप्रमुखले आफ्नो मान्छे हो भन्दै छोड्न दबाब दिएको बताउने गरेका छन् । नदी छेउमा अनुमति बिना ढुंगागिट्टी संकलन गर्न पाइँदैन ।

सुनवल नगरपालिकाले चुरेक्षेत्रका खोला तथा नदीबाट ढुंगा निकासी गर्न रोक लगाएको दाबी गर्दै आए पनि नदी उत्खनन रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?