+
+

नेफ्टा अवार्डका लागि फिल्म मूल्यांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते २२:३१

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करणका लागि जुरीले मूल्यांकन सुरु गरेका छन् । प्राप्त हुन आएका फिल्मलाई हेरेर मूल्यांकन गर्ने कार्य सुरु भएको जानकारी नेफ्टाले दिएको छ ।

अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले बुधबारसम्म प्राप्त हुने नेपाली कथानक र आदिवासी जनजाति फिल्मलाई जुरीले हेर्ने बताए । बैशाखदेखि चैत मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका फिल्मले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार वर्ष २०७९ मा कूल ४६ फिल्म प्रदर्शनमा आएका थिए । ‘प्राप्त फिल्मलाई धमाधम हेरेर निर्णय गर्ने क्रम सुरु भएको छ’ अध्यक्ष लामाले भने, ‘अवार्डलाई निश्पक्ष, मर्यादित र विवादरहित बनाउन हामी प्रतिबद्ध छौं ।’

चाँडै फिल्म मनोनयन घोषणा गर्ने तयारी भैरहेको जानकारी अध्यक्ष लामाले दिए । नेफ्टा अवार्डको आसन्न संस्करण आगामी जेठ १३ गते अमेरिकाको टेक्सासमा आयोजना हुँदैछ ।

अवार्डको तयारीका कार्यहरु धमाधम भैरहेको जानकारी नेफ्टाले गराएको छ । फिल्मबाहेक अवार्डमा सहभागि हुन नेपालबाट कलाकार, निर्माता, निर्देशक र प्राविधिकहरु अमेरिका जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?