+
+

सुनको भन्सार दर बढाउनुपर्ने महालेखाको ठहर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १८:५८

३० चैत, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सुनको भन्सार दर बढाउनुपर्ने बताएको छ । छिमेकी भारतमा सुनको आयातमा लगाइने भन्सार दरसँग नेपालको भन्सार दर तुलना गर्दै महालेखा परीक्षकको कार्यालयले सुनको भन्सार दर बढाउनुपर्ने बताएको हो ।

नेपालमा सुनको भन्सार दर १० प्रतिशत रहेको छ भने भारतमा १८ प्रतिशत रहेको महालेको परीक्षकको कार्यालयले ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । नेपाल र भारतमा सुन आयातमा रहेको भन्सार दरको अन्तरको कारणले नै सुन तस्करी भएको संकेत गर्दै महालेखा परीक्षकको कार्यालयले सुनको भन्सार दर पुनराअवलोकन गर्नुपर्ने बताएको हो ।

‘नेपालमा हुने सुन खपत सम्बन्धमा पर्याप्त अध्ययन विश्लेषण भएको देखिँदैन । सुन व्यवसायीले बैंकमार्फत् खरिद तथा अन्य माध्यमबाट खरिद बिक्री भएको सुनको अभिलेख नराखेकोले यसको उपयोगमा पारदर्शिता समेत देखिंदैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘सुनको गैरकानूनी खरिद बिक्रीमा कानूनी कारबाहीसमेत भइरहेको अवस्था छ । अन्तर्राष्ट्रिय बजार, छिमेकी मुलुकको भन्सार दरसमेतलाई मध्यनजर गरी भन्सार दरमा पुनरावलोकन हुनुपर्ने देखिन्छ ।’

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अभिलेखअनुसार आर्थिक वर्ष २०७७÷७८ मा २७ अर्ब ४८ करोड मूल्य बराबरको ३ हजार ९४४.५ किलोग्राम सुन आयात गर्दा ३ अर्ब ३५ करोड १७५ भन्सार राजस्व प्राप्त भएको छ ।
यस्तै २०७८÷७९ मा ४२ अर्ब ७० करोडको ५ हजार ११३.७० किलोग्राम सुन आयात हुँदा ४ अर्ब ७४ करोड भन्सार महसुल प्राप्त भएको छ महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यी दुवै वर्ष भन्सार दर प्रतिग्राम ८५० अर्थात् मूल्यको १० प्रतिशतको हाराहारीमा रहेको र भारतमा सुनको भन्सार महसुल दर १८.५ प्रतिशत रहेको महालेखा परिक्षकको कार्यालयले ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?