+
+

६ फिट अग्ली मोडलको गुनासो : ब्वायफ्रेण्ड पाउनै सकिन !

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १५:३१

सुन्दर अनुहार, अग्लो सरीर तथा सुडौल जिउडाल ‍‍‍…. जो कोहीको चाहना हुन्छ । तर एक युवतीका लागि चाहीँ उनको सरीरको उचाइँ नै दुखको कारण बनेको छ ।

६ फिट २ इन्च अग्ली ती सुन्दरी मोडलले आफू अत्यधिक अग्लो भएकै कारण हालसम्म ब्वायफ्रेण्ड पाउन नसकेको दाबी गरेकी छिन् ।

उनको नाम म्यारी तेमारा हो । अमेरिकाको फ्लोरिडामा बस्ने २८ वर्षीया म्यारी पेसाले मोडल हुन् । आफूसँग ठ्याक्कै मिल्ने जिवनसाथीको खोजीमा रहेको उनी बताउँछिन् । तर आफ्नो अग्लो सरीर अनुसारको जोडा खोज्नका लागि भने उनले निकै संघर्ष गरिरहनु परेको छ ।

६ फिटभन्दा अग्लो जिउडालका कारण उनका लागि कसैसँग डेटिंग जाने कुरा त लगभग असम्भव नै बनेको छ ।

म्यारीले बताए अनुसार एकपटक उनले डेटिंग साइटमा ६ फिट ३ इन्च अग्लो केटा फेला पारिन् । तर जब उनी त्यो केटालाई भेट्न गइन्, ऊ त जम्मा ५ फिट ११ इन्चको रहेछ । उसले डेटिंग साइटमा आफ्नो उचाइँको बारेमा गलत विवरण लेखेको रहेछ ।

अग्लो सरीरका कारण म्यारी ट्रोलको सिकार पनि हुनुपरेको छ । आफुले कहिल्यैपनि ब्वायफ्रेण्ड पाउन सक्दिन भनेर मानिसहरुले आफुलाई जिस्काउने गरेको उनको गुनासो छ ।

कुनैपनि जोडीमा केटीको भन्दा केटाको सरीर अग्लो हुनैपर्ने मान्यता मानिसहरुमा रहेको र आफुले त्यो रुढीग्रस्त सोँचलाई तोड्न चाहेको म्यारी बताउँछिन् ।

त्यसैले उनले अहिले आफुभन्दा होँचो केटासँग डेट सुरु गरेकी छिन् । उनी भन्छिन्, ‘म कुनैपनि उचाइँको केटासँग डेटका लागि तयार छु । अग्लो वा होँचोले कुनै फरक पार्दैन।’

शाखा सन्तान नै अग्ला !

म्यारी परिवारमा एक्लो व्यक्ति होइनन् जसको उचाइँ यतिधेरै अग्लो होस् । उनका बुवाको उचाइँ ६ फिट ३ इन्च छ भने आमाको उचाइँ ६ फिट ५ इन्च छ ।

त्यस्तै उनका एउटा भाइ ६ फिट ९ इन्च अग्ला छन् भने अर्का फाइ ६ फिट १० इन्च अग्ला छन् । अर्थात् म्यारीको घरका सबै सदस्यको उचाइँ ६ फिट भन्दा धेरै छ । उनका कतिपय निकट परिवारजन त ७ फिटसम्म अग्ला छन् । म्यारीको परिवारको उचाइँ त्यस क्षेत्रमा चर्चाको विषय बनेको छ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?