+
+

डलर साटिदिन्छु भन्दै लुटपाट, ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १८:४९

३ वैशाख, काठमाडौं । अमेरिकी डलर साटिदिन्छु भनेर लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

अमेरिकी डलर साट्ने प्रलोभन देखाएर ललितपुरको हरिसिद्धिबाट १८ लाख, काठमाडौंको चोभारबाट १८ लाख र ललितपुरको इमाडोलबाट १० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसेका सुकलाल पाइन, इनकुमार पाख्रिन र सूर्यबहादुर पाइनलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरु गत ३० चैतमा ललितपुरको ढुंगेली बसपार्कबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका सुकलाल पाइन यसअघि २०७६ सालमा डाँकाचोरी कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको रेग्मीले बताए । पक्राउ परेकाहरुमाथि अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी वृत्त सातदोबाटोमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?