+
+

३ खेलाडीले रातो कार्ड पाएको खेलमा एपीएफलाई हराउँदै संकटा तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १९:१६

३ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले आइतबार विभागीय टोली एपीएफलाई १-० ले पराजित गरेको छ ।

च्यासल मैदानमा भएको खेलमा संकटालाई जिताउन जुनियर एनकेन्गुएले निर्णायक गोल गरे ।

उनले खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । एपीएफका एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी एरियामा लडाएपछि प्राप्त पेनाल्टीमा जुनियरले गोल गरे ।

संकटा क्लबका गोलकिपर टिकेन्द्र थापा र एपीएफका खेलाडीको जर्सी रंग एउटै भएपछि यो खेल २६ मिनेट ढिला खेल सुरु भएको थियो । गोलकिपर थापाले पोलो टिर्सट लगाएर मैदान उत्रेपछि खेल सुरु भएको थियो ।

खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए । संकटाका मनिष डाँगी र एपीएफका दिपेश धिमालले ६९औं मिनेटमा लगतार दोहोरो पहेँलो (रातो) कार्ड पाएका थिए ।

यस्तै संकटाका आन्द्रे थियरी बिकिबकले ७६औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यस सिजन चौथो जित निकालेको संकटा ९ खेलबाट १५ अंक जोडेको तेस्रो स्थानमा उक्लेको छ । मनाङ मर्स्याङ्दी समान अक भए पनि गोलअन्तरमा संकटा अघि छ । ९ खेलबाट ११ अंक रहेको एपीएफ नवौँ स्थानमै छ ।

खेलका तस्वीरहरू हेर्नुहोस् :

तस्वीरहरू :  विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?