+

संकटाका किपर र एपीएफका खेलाडीको जर्सीको रंग एउटै परेपछि…

२०८० वैशाख  ३ गते १६:२३ २०८० वैशाख ३ गते १६:२३
संकटाका किपर र एपीएफका खेलाडीको जर्सीको रंग एउटै परेपछि…

३ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौं चरणको खेलमा संकटा क्लबका गोलकिपर र नेपाल एपीएफ क्लबका खेलाडीको जर्सीको रंग एउटै परेका छ ।

जसका कारण यी दुईबीचको खेल निर्धारित समयभन्दा २६ मिनेट ढिलो गरी सुरु भएको छ ।

च्यासल मैदानमा ३ बजेका लागि निर्धारित खेलमा एपीएफका खेलाडीले लगाएको निलो रंगको जर्सीसँग संकटाका किपरले लगाएको जर्सीको रंग मिलेको थियो ।

तर पछि गोलकिपर टेकेन्द्र सिंह थापाले सेतो रंगको जर्सी लगाएर खेल २६ मिनेट ढिलो गरी सुरु भएको हो ।

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय