+
+

नेपालगञ्ज आईसीपीको निर्माण ८६ प्रतिशत सकियो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १४:१७

८ वैशाख, काठमाडौं । नेपालगञ्जमा ४४.३६ हेक्टरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण ८६ प्रतिशत सकिएको छ । आईसीपीअन्तरगत पहिलो चरणमा १८.०५ हेक्टरमा संरचनाहरु बनिरहेका छन् ।

अन्तर्राष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपाल–भारतबीच विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जमा दुवैतर्फ समान रुपमा एकीकृत जाँच चौकीको निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच ३ अगष्ट, २००५ मा समझदारी भएको थियो । वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २६ असोज २०७६ मा नेपालगञ्जमा एकीकृत जाँच चौकीको शिलान्यास भएको थियो । आयोजनामा भएको प्रगतिबारे नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र भारतीय भूमि पत्तन प्राधिकरण अध्यक्ष आदित्य मिश्रबीच छलफल भएको छ ।

भेटमा दुवैतर्फका एकीकृत जाँच चौकीमा भौतिक संरचना र सफ्टवेयर एकीकृत गर्ने सम्बन्धमा छलफल भएको समितिले जनाएको छ । कार्यकारी निर्देशक गजुरेलले ड्राइपोर्ट र एकीकृत जाँच चौकी प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा भारतीय पक्षसँग छलफल भएको बताए । चौकीको व्यवस्थापन र सञ्चालनलाई व्यवस्थित गर्न हरेक चौमासिक रुपमा बैठक गर्ने सहमति भएको उनले बताए ।

बैठकमा वीरगञ्ज, भैरहवा, काकडभिट्टा, विराटनगरमा दुवै देशको सीमामा भएका एकीकृत जाँच चौकी/बन्दरगाहमा व्यवसायीलाई सहज हुने गरी दुवै तर्फबाट सहजीकरण गर्ने विषयमा समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?