+
+

टलविन लाइफ अमेरिकी एपबाट ठगी गरेको आरोपमा ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १७:१८

१० वैशाख, जनकपुरधाम। धनुषामा टलविन लाइफ अमेरिकी एपबाट ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका-१ का ४० वर्षीय संजीव भिनवार यादव, कमला नगरपालिका-३ का २५ वर्षीय रञ्जित नुनिया, जनकपुरधाम उपमहानगरपालिका १७ का ३३ वर्षीय अंदेश महत्तो, वडा नं. १६ का ३३ वर्षीय पप्पु पुर्वे, वडा नं. १२ का ४८ वर्षीय उसवान साफी र वर्ष २० काा मोहमद जिलानी साफी छन्।

उनीहरुले एक हजार ९१ जनाबाट ४९ लाख ९ हजार ५ सय ठगी गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

उनका अनुसार टलविन लाइफ नामक अमेरिकी एपमा युजर अकाउन्ट खोल्न ३० अमेरिकी डलर लाग्छ । टलविनको खातामा पैसा लोड गर्न बिनान एपलिकेशनको मद्दतबाट नेपाली पैसालाई अमेरिकी डलर रुपान्तरण गरिन्छ ।

उनीहरुले ४५ सय रुपैयाँ अमेरिकी संस्था टलविन लाइफमा लगानी गर्दा तीन वर्षमा २ लाख १४ हजार रुपैयाँ पाउने र ५० प्रतिशत आफूले कमिसन पाउने भनेर सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएको उपरीक्षक खड्काले बताए ।  पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?