+
+

दिल्लीले हैदरावादलाई ७ रनले हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते ६:५९

१२ वैशाख< काठमाडौं । काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा अन्तिम दुई स्थानमा रहेका टिमबीचको भिडन्तमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ७ रनले पराजित गरेको छ ।

लो स्कोरिङ गेममा दिल्लीले १४४ रन डिफेण्डदै गर्दै रोमाञ्चक जित हात पारेको हो । दिल्लीको यो लगातार दोस्रो जित हो र हैदरावादलाई रनरेटले पछि पार्दै दिल्ली अन्तिम स्थान छाडेर नवौं स्थानमा उक्लेको छ । हैदरवादाको भने यो लगातार तेस्रो हार हो ।

७ खेलबाट दिल्ली र हैदरावादको समान ४ अंक छ । ४ अंक नै रहेको कोलकता नाइट राइर्स भने आठौं स्थानमा छ ।

हैदरावदको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेट गुमाएर १४४ रन बनाएको थियो । त्यसमा मनिष पाण्डे र अक्षर पटेलले सर्बाधिक ३४/३४ रन बनाए । मिचेल मार्श २५ र कप्तान डेविड वार्नरले २१ रन जोडे ।

हैदरवादका वासिङ्गटन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।

१४५ रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । हैदवादाका लागि ओपनर मायंक अग्रवालले ३९ बलमा सर्वाधिक ४९ रन बनाए । उनले ७ चौका प्रहार गरे । हेनरिच क्लासनेले १९ बलमा ३१ रन बनाउँदा वासिङ्गटन सुन्दरले १५ बलमा अविजित २४ रन जोडे ।

दिल्लीका एनरिक नोर्किअ र अक्षर पटेलले दुई/दुई तथा इशान्त शर्मा र कुदिलप यादवले समान एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?