+
+

पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १८:०५

१४ वैशाख, काठमाडौं। पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको घ्यालचोक गाउँपालिका-८ घर भई ललितपुर गोदावरी नगरपालिका-१४ बस्‍ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी र गोरखा घ्यालचोककै ४५ वर्षीया कमला रेग्मी पक्राउ परेका छन् ।

उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर गोदावरीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले पीडितहरुबाट पटक पटक गरी २१ लाख रुपैया रकम ठगी गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?