+
+

अस्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १६:२१

१७ वैशाख,  काठमाडौ । अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको ‍छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-४ घर भई हाल काठमाडौं महानगर १ लाजिम्पाटमा बस्‍ने २७ वर्षीय सञ्‍जय रेग्मी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडितसँग ३० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?