+
+

रास्वपाको संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते ९:२३

१८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । केन्द्रीय समितिको बैठक बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे पार्टी कार्यालय बसुन्धारामा बस्न लागेको हो ।

संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने छ भने केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा र सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे छलफल हुने एक नेताले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?