 
																			२१ वैशाख, काठमाडौं । बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि गत २२ चैतमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो । बिहीबार १ हजार २०० रुपैयाँले सुनको भाउ बढेको हो ।
महासंघका अनुसार बिहीबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २५० रूपैयाँ तोकिएको छ ।
बिहीबार चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४४५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार ४२५ रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4