+
+

४ जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १६:०१

२४ वैशाख, विराटनगर । कोशी प्रदेश सरकारले चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सुनसरी धरानका राजेशकुमार यादव (राजेश विद्रोही) इलामका सटेन्द्रकुमार जबेगु र सोमनाथ अधिकारी, झापाकी अम्बिका भण्डारीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार प्रदान गरे ।

पुरस्कार प्रदान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?