+
+

परिवार नियोजन गर्न नचाहने १७ बच्चाकी आमा, भन्छिन्- प्रकृतिको नियम छेक्नुहुन्न

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते ९:०६

उनले सन् २०१० देखि लगातार बच्चा जन्माउन थालेकी हुन् र अहिलेसम्म १७ वटा बच्चाकी आमा बनिसकेकी छिन् ।

डेढ दर्जन बच्चा पाइसक्दा पनि उनको बच्चा जन्माउने रहर पुगेको छैन र यो कामलाई निरन्तर जारी राख्ने उनको मनसाय छ ।

४० वर्षकी प्याटी हर्नान्डेज पेसाले एक व्यवसायी महिला हुन् । अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने प्याटीका पति कार्लोस ३९ वर्षका भए । यो जोडीले अहिलेसम्म १७ बच्चा जन्माइसकेको छ र सन्तानको संख्या अझै बढाउने ध्याउन्नमा छ । प्याटी हर्नान्डेजलाई परिवार नियोजमा विश्वास नै छैन ।

द सनसँगको कुराकानीमा प्याटीले अघिल्लोपटक गर्भवती हुँदा मानिसहरुले आफ्नो बारेमा अनेक खालका कुरा काटेको बताएकी छिन् । किनकि त्यो उनको १७ औं बच्चा थियो ।

आफ्ना दुईजना भाइबहिनीसँग बाल्यकाल बिताउँदादेखि नै आफूलाई सदैव भविष्यमा आमा बन्ने चाहना जागृत भएको उनी बताउँछिन् ।

कार्लोस र प्याटी सन् २००६ मा पहिलोपटक एक चर्चमा भेट भएका थिए । उनीहरुको पहिलो बच्चा त्यसको २ वर्षपछि जन्मिएको थियो । उनीहरुले सन् २०१० सम्म त त्यहीँ एउटा बच्चामा चित्त बुझाएका थिए । तर त्यसपछि भने उनीहरुले सन्तान वृद्धिको म्याराथन दौड सुरु गरे ।

प्याटी परिवार नियोजनकी विरोधी नै हुन् । यसले प्रकृतिलाई अवरुद्ध गर्ने उनी बताउँछिन् । त्यसैले उनले प्रकृतिलाई आफ्नो काम गर्न दिइरहेकी छिन् ।

पहिले उनलाई गर्भावस्थाको समय तथा बच्चा जन्माउन पनि सजिलो हुन्थ्यो । तर अब उमेर बढेसँगै समस्या पनि बढ्दै गएको छ । गर्भावस्थाका क्रममा निकै समस्या आउने गरेको छ ।

गत फेब्रुअरी २६ मा प्याटीले आफ्नो १७ औं बच्चालाई जन्म दिएकी थिइन् । त्यसक्रममा उनलाई १६ घण्टा बेथा लागेको थियो ।

उनको जेठो छोरा अहिले १४ वर्षको भैसकेको छ । उसले आफूहरुलाई घरको काममा निकै सहयोग गर्ने प्याटी बताउँछिन् ।

प्याटीको घरमा उनका १७ सन्तान, उनी र पतिसहित कुल १९ सदस्य छन् । घरमा धेरै मानिस, अझ त्यसमा पनि केटाकेटीहरु धेरै भएकाले घरको काम पनि भ्याइनभ्याइ छ ।

प्याटीलाई मानिसहरुले त्यतिधेरै बच्चा किन जन्माएको भनेर प्रश्न सोध्ने गर्दछन् । उनीचाहिं सबै सन्तानहरु आफ्नोलागि आशीर्वादको रुपमा रहेको जवाफ फर्काउँछिन् ।

डाक्टरले आफ्नो शरीर अझै पनि स्वस्थ र फिट रहेकोले बच्चा जन्माउने कामलाई निरन्तरता दिने बताएकी छिन् । महिनावारी नसुकिउन्जेलसम्म आफूले सन्तान जन्माइरहने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?