+
+

आदिवासी खेलकुद संघ गठन, अध्यक्षमा भुपेन्द्र गुरुङ चयन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १९:२१

२७ वैशाख, काठमाडौं । आदिवासी खेलकुद संघ नेपाल अध्यक्षमा भुपेन्द्र गुरुङलाई निर्वारोध चयन भएका छन् ।

बुधबार काठमाडौंमा सम्पन्न प्रथम साधारणसभाले गुरुङको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति २ वर्षका लागि निर्विरोध चयन गरेको हो ।

नेपाल उमा कुङफु संघका महासचिव समेत रहेका गुरुङ जर्मनी भएको वर्ल्ड मार्सल आर्ट्स गेम्स तथा इङल्यान्डमा भएको युरोपियन च्याम्पियनसिपका स्वर्ण विजेता हुन् ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा दिपेन गुरुङले उपाध्यक्ष, सुरेश मगरले सचिव तथा मीनबहादुर गुरुङले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

शेरबहादुर गुरुङ, धनबहादुर गुरुङ, जगदीश गुरुङ, रुपकाजी मगर र गुना गुरुङ सदस्यमा निर्विरोध चयन भए ।

साधारणसभाले नेपाल उमा कुङफु संघका सहायक मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापामगरलाई मुख्य प्रशिक्षकमा मनोनित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष गुरुङले विशेषतः परम्परागत खेलको जर्गेना तथा प्रवर्धन गर्ने उद्देश्यले संघ स्थापना गरिएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?