
२८ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अल इटालियन सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई २-० ले पराजित गरेको छ ।
सान सिरोमा बुधबार राति भएको खेलमा इन्टरले पहिलो हाफमै दुई गोल गरेको थियो । मिलान डर्बीमा इन्टर सुरुवाती ११ मिनेटमै दुई गोल गर्दै खेलमा हावी बनेको थियो ।
खेलको आठौं मिनेटमै एडेन जेकोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि हेनरिख मिखातर्यनले गोल गरी इन्टरको अग्रता दोब्बर पारे ।
त्यही अग्रता कायम राख्दै इन्टरले दुई गोल अन्तरमा खेल जित्यो र दोस्रो लेगअघि फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4