+
+

मुम्बईमाथि लखनउको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते ६:०५

३ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्समाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ ।

मंगलबार राति लखनउको घरेलु मैदान कना क्रिकेट स्टेडियममा भएको खेलमा लखउनले दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बईले १७२ रन मात्र बनाउन सक्यो ।

लखनउको जितमा मार्कुस स्टोइनिसले सानदार ब्याटिङ गर्दा अन्तिम ओभरमा मोहसिन खानले उत्कृष्ट बलिङ गरे ।

मुम्बईलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो र टिम ढेविड र क्यामरुन ग्रीन जस्ता ब्याटर क्रिजमा थिए । तर लखनउका मोहनसिन खानले अन्तिम ओभरमा कुनै जम्मा ५ रन मात्र दिए । मुम्बईका खेलाडीले अन्तिम ओभरमा कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् ।

मुम्बईका लागि ओपनर इशन किसनले ३९ बलमा सर्वाधिक ५९ रन बनाएका थिए । कप्तान रोहित शर्माले ३७ रन जोड्दा टिम डेविडले अविजित ३२ रन बनाए ।

लखनउका यश ठाकुर र रवी बिश्नोइले २/२ तथा मोहसिन खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले स्टोइनिसको आक्रमक ब्याटिङमा तीन विकेट गुमाएर १७७ रन बनाएको थियो । स्टोनइसले ४७ बल खेल्दै अविजित ८९ रन बनाए । उनले ४ चौका र ८ छक्का प्रहार गरे ।

यस्तै रिटार्ट हर्ट हुनुअघि कप्तान क्रुनल पाण्ड्याले ४२ बलमा ४९ रन बनाए । स्टोइनिस र क्रुनल मिलेर चौथो विकेटका लागि ८२ रनको साझेदारी गरे । क्वेन्टन डे ककले १६ रन बनाए । मुम्बइका जासोन बेहरनडोर्फले दुई तथा पियुष चावलाले एक विकेट लिए ।

जितपछि १३ खेलबाट १५ अंक जोडेको लखनउ मुम्बईलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । चेन्नाइको पनि समान १५ अंक भएपनि नेट रनरेटमा लखनउ पछि छ । मुम्बई १५ खेलबाट १४ अंकसहित चौथो स्थानमा झरेको छ ।

मुम्बईलाई पलेअफ पुग्न अब अन्तिम खेल जित्नुपर्ने अवस्था छ ।

मुम्बइले अब सनराइजर्स हैदरवादसँग खेल्न बाँकी छ भने लअनउले लिगको अन्तिम खेल कोलकता नाइट राइडर्ससँग खेल्नेछ ।

अहिलेसम्म साविक विजेता गुजरात टाइटन्स प्लेअफ पुगिसकेको छ भने हैदरावाद र दिल्ली क्यापिटल्स लिगबाटै बाहिरिसकेका छन् । बाँकी ७ टिम प्लेअफको बाँकी तीन स्थानमा रहने होडमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?