+
+

महेन्द्र नारायण निधि टी-२० क्रिकेटमा बागमतीको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १३:४५

१६ जेठ, काठमाडौं । बागमती प्रदेशले महेन्द्रनारायण निधि टी-२० क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेको छ ।

जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा मंगलबार भएको पहिलो खेलमा बागमतीले कोशी प्रदेशलाई ३ विकेटले हरायो ।

कोशीले दिएको १०० रनको लक्ष्य बागमतीले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो । बागमतीका लागि कप्तान इशान पाण्डेले सर्वाधिक २९, आशुतोष घिरइयाले २४, गौतम केसीले १३ र गौरव खड्काले १२ रन बनाए । बागमतीले अतिरिक्तबाट ११ रन पाएको थियो ।

बलिङमा कोशीका मुकुन्द यादव र प्रकाश कार्कीले २-२ तथा फिर्दोस अन्सारी, श्रवण यादव र कमल खत्रीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो । ३९ रनमै ७ विकेट गुमाएको कोशीका लागि मुकुन्द यादव र कमल खत्रीले ३४ रनको साझेदारी गरेका थिए । ३३ बल खेलेका मुकुन्दले ३ चौका मद्दतमा अविजित २८ रन बनाए । कमल खत्रीले २० बलमा ३ चौका र २ छक्का प्रहार गरी २६ रन बनाए ।

बलिङमा बागमतीका रिजन ढकालले ३, तिलक भण्डारीले २ तथा इशान पाण्डे, सूर्य तामाङ र कृजन गुरुङले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?