+
+

नेपाल र भारतबीच लङटर्म पावर ट्रेड एग्रिमेन्ट भयो : मोदी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १३:२७
Photo Credit : PM Press

१८ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताएका छन् ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र आफूले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण निर्णय लिएको बताए । उनले भने, ‘आज मैले र प्रधानमन्त्री प्रचण्डले भविश्यमा आफ्नो समझदारी सुपर हिट बनाउन महत्वपूर्ण निर्णय लिएका छौं ।’

नेपाल र भारतबीच ट्रान्जिट एग्रिमेन्ट भएको, जसले नेपालका जनताका लागि नयाँ रेल रुटको व्यवस्था गरिएको उनले बताए ।

भारत र नेपालको बीचमा लङटर्म पावर ट्रेड एग्रिमेन्ट भएको उनले बताए । मोदीले भने, ‘१० वर्षमा नेपालमाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?