+
+

नेपालमै उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्ने आयोजनाले भन्सार छुट नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १३:३२

२१ जेठ, काठमाडौं । वैदेशिक अनुदानमा सञ्चालन हुने आयोजनाले अब नेपालमा उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्न खोजेमा भन्सार महसुलमा छुट नपाउने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ देखि यस्तो प्रावधान कार्यान्वयनमा ल्याउन लागेको हो ।

आर्थिक अध्यादेशमार्फत भन्सार ऐनमा भएको संशोधन अनुसार १ साउन २०८० देखि वैदेशिक अनुदान सहयोगमा सञ्चालन हुने आयोजनासँग सम्झौता गर्दा सिमेन्ट, फलामे डण्डी, फलाम तथा प्लाष्टिकका पाइप, जस्तापाता र विद्युतीय केबलको पैठारीमा महसुल छुट दिने गरी सम्झौता गर्न नपाइने भएको छ ।

यसअघि सरकारले मन्त्रिपरिषद्‍बाट आयोजनाहरुलाई भन्सार महसुल छुट दिने गरी निर्णय गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?