+
+

प्रभु बैंकले लक्जेम्बर्गबाट ल्यायो ५० लाख डलर ऋण, विद्युतीय सवारीमा लगानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते ९:२७

२२ जेठ, काठमाडौं । प्रभु बैंकले लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्ड एस.ए. बाट ५० लाख डलर ऋण लिएको छ । बैंकले विद्युतीय सवारीसाधनमा लगानी गर्न भन्दै ५० ऋण लिएको हो ।

विश्व वातावरण दिवसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न चार वर्षे अवधिका लागि ५० लाख डलर बराबरको ऋण प्राप्त गरेको बैंकले जनाएको छ ।

उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारी साधनहरू खरीद तथा आयातमा खर्च गर्ने बैंकको योजना छ । ‘यो रकम विद्युतीय गाडि आयात र त्यसको फाइनान्समा खर्च हुनेछ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ‘अन्य एजेन्सीसँग पनि वित्तीय स्रोतको रूपमा ऋण ल्याउनेगरी छलफल भइरहेको छ ।’

प्रभु बैंकले वैकल्पिक ऊर्जा व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको जनाएको छ । निकट भविष्यमै उक्त पहलले सार्थकता पाउने बैंकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?