+
+

प्रभुले लण्डनमा पायो ‘बैंक अफ द इयर २०२३’ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते ९:१९

१५ मंसिर, काठमाडौं । सन् २०२३ का लागि बैंक अफ द इयरको अवार्ड प्रभु बैंकले पाएको छ । लण्डनको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्दै आएको यो अवार्ड नेपालबाट यस पटक प्रभुले हात पारेको हो ।

बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला र प्रमुख अधिकृत अशोक शेरचनले बिहीबार लण्डनमा आयोजित एक कार्यक्रममा यो अवार्ड ग्रहण गरेका छन् ।

विश्वका डेढ सय मुलुकबाट एक एक वटा बैंकले हरेक वर्ष यो अवार्ड पाउँदै आएका छन् । उत्कृष्ट वित्तीय सेवा प्रदान गर्ने बैंकलाई यो अवार्ड दिइँदै आएकोमा यो वर्ष नेपालबाट प्रभु बैंक छनोट भएको फाइनान्सियल टाइम्स अफ लण्डनले जनाएको छ ।

यसअघि २०२२ मा नेपालबाट हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले यो अवार्ड पाएको थियो । विभिन्न मुलुकबाट फाइनान्सियल टाइम्सले हरेक वर्ष एक एक वटा बैंकलाई यो अवार्ड प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?