+
+
Shares

प्रभु बैंकद्वारा देशव्यापी रक्तदान कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रभु बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातै प्रदेशका शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरी ३२१ पिन्ट रगत संकलन गरेको छ।
  • बैंकले बाढी प्रभावित र घरबारविहीन परिवारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
  • प्रभु बैंकले नुवाकोटको जिल्ला प्रशासन कार्यालयलाई १०० थान टेन्ट र १०० थान स्लीपिङ ब्याग हस्तान्तरण गरेको छ।

३० भदौ, काठमाडौं । प्रभु बैंकले प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित घाइतेलाई सहयोग गर्ने उद्देश्यले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बुधबार सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको बैंकले जनाएको छ।

कार्यक्रमअन्तर्गत काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयसहित नारायणगढ शाखा, विराटनगर शाखा, सिमरा शाखा, पोखराको अमरसिंहचोक शाखा, बुटवल शाखा, सुर्खेत शाखा र धनगढी शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । बैंकका अनुसार कार्यक्रममा सातै प्रदेशबाट ३२१ पिन्ट रगत संकलन भएको छ।

यसअघि पनि प्रभु बैंकले बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो। बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँसमेत सोही कोषमा सहयोग गरिएको बैंकले जनाएको छ।

त्यस्तै, बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई १०० थान टेन्ट र १०० थान स्लीपिङ ब्याग हस्तान्तरण गरेको थियो।

प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बैंकले विपद्को कठिन समयमा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका प्रयासमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?