News Summary
Generated by OK AI. Editorially reviewed.- प्रभु बैंकले ग्लोबल मनी विक २०२६ अन्तर्गत 'एकाउन्टिङ फर ग्रोथ' कार्यक्रम सञ्चालन गरेको छ।
- बैंकको बौद्ध शाखाले होटल अनुत्तरामा ४७ जना व्यवसायीलाई वित्तीय सेवा प्रक्रिया र कागजातबारे जानकारी दिएको छ।
- बैंकले देशभर ३१२ शाखा, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख ग्राहकलाई सेवा दिइरहेको छ।
४ चैत, काठमाडौं । ‘ग्लोबल मनी विक २०२६’ अन्तर्गत प्रभु बैंकले ‘एकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकको बौद्ध शाखाले होटल अनुत्तरामा वित्तीय साक्षरताअन्तर्गत ‘एकान्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरेको हो । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत अन्य विभिन्न स्थानमा पनि वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
‘स्मार्ट मनी टक्स’ विषयमा केन्द्रित भई बैंकले सुक्ष्म, साना र मझौला उद्यम व्यवासाय गर्ने ४७ जना व्यवासायीलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रक्रिया तथा कागजात सम्बन्धी विषयको जानकारी प्रदान गरेको छ ।
त्यस्तै वित्तीय संस्थाबाट वित्तपोषणको लागि आवश्यक योग्यताहरुको बारेमा समेत जानकारी गराई व्यवसायीलाई वित्तीय सचेतना गराइएको बैंकले जनाएको छ । यस बैंकले देशभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4