+
+
Shares

प्रभु बैंकले आरम्भ चौतारी लघुवित्तका कर्मचारीलाई विशेष बैंकिङ सेवा दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रभु बैंकले आरम्भ चौतारी लघुवित्तका कर्मचारीलाई सुविधासम्पन्न बैंकिङ सेवा उपलब्ध गराउने सम्झौता गरेको छ।
  • सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र प्रभु बैंकका सेन्ट्रल बिजनेस सेन्टर प्रमुख लेख बहादुर पुनले हस्ताक्षर गरेका छन्।
  • प्रभु बैंकले बैंक अफ द इयर २०२३ र युरो मनी अवार्ड–नेपाल बेस्ट डिजिटल बैंक फर एसएमई २०२५ प्राप्त गरेको छ।

३१ असोज, काठमाडौं । प्रभु बैंकले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई सुविधासम्पन्न बैंकिङ सेवा उपलब्ध गराउने भएको छ । बैंक रलघुवित्तबीच यस सम्बन्धी एक सम्झौता भएको छ ।

सम्झौतामा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुनले हस्ताक्षर गरे । यो सम्झौतापछि लघुवित्तका कर्मचारीले सुविधासम्पन्न बैंकिङ सेवा पाउने बैंकले जनाएको छ ।

बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल इन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डको साथै हालसालै युरो मनी अवार्ड– नेपाल बेस्ट डिजिटल बैंक फर एसएमई २०२५ बाट बैंक सम्मानित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?