+
+

प्रभु बैंकका ग्राहकलाई ओम अस्पतालमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १७:३८

काठमाडौं । प्रभु बैंकका ग्राहकले चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार सेवा लिंदा विशेष छुट पाउने भएका छन् । अस्पताल र प्रभु बैंक लिमिटेडबीच सोमबार यससम्बन्धी सम्झौता भएको हो ।

प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कार्यक्रममा ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत मञ्जयराज पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका पारिवारले ओम हस्पिटलमा उपचार सेवा लिंदा अन्तरंग तथा बहिरंग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त सेवा लगायतका सेवामा विशेष छुट पाउनेछन् ।

तीन दशकदेखि स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ओम हस्पिटलले आकस्मिक उपचारदेखि सघन उपचार, पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आएको छ । निःसन्तान दम्पतीहरुलाई सन्तानसुख प्रदान गर्ने आईभीएफ सेवाको सुरुवात गरेको यो अस्पतालले मातृशिशु सेवा, मूत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा सरकारसँग सहकार्यसमेत गरेको छ ।

हालै बेलायतबाट ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका देशभर रहेका ३०१ शाखामा ३१ लाख भन्दा बढी ग्राहक रहेका छन् । बैंकले ७१ वटा एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, ३१० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?